चेन्नईसँग हैदराबाद फराकिलो अन्तरले पराजित

नेपालभ्युज

चेन्नईसँग हैदराबाद फराकिलो अन्तरले पराजित

काठमाडौं । इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा चेन्नई सुपर किंग्सले सनराईजर्स हैदराबादलाई ७८ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

चेन्नईले दिएको २१३ रनको लक्ष्य पछ्याएको हैदराबादले १८ दशमल ५ ओभरमा १३४ रन मात्र बनाउन सक्यो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक बन्यो । यस्तै हेनरिक क्लासेनले २० रन बनाए भने अब्दुल समादले १९ रन जोड्ने बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

चेन्नईका लागि तुषार देशपाण्डेले ४ विकेट लिए । यस्तै मुस्तफिजुर रहमान र मथिशा पाथिरानाले समान २/२ विकेट लिए । रवीन्द्र जडेजा र शार्दुल ठाकुरले १÷१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ३ विकेटको क्षतिमा २१२ रन बनाएको थियो ।

जितपछि चेन्नाई ९ खेलमा १० अंक सहित तेस्रो स्थानमा उक्लिएको छ । पराजित हैदराबादको पनि ९ खेलबाट १० अंक नै छ । हैदराबाद रनरेटका आधारमा चौथो स्थानमा छ । आज कोलकता नाइट राइडर्स र दिल्ली क्यापिटल्स खेल्नेछन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved