एजेन्सी । निकै चर्चामा आइरहेको वेब सीरीज ‘हीरामंडी’ मा अभिनेत्री संजीदा शेखले वहीदाको भूमिका निर्वाह गरेकी छन् । तर यसअघि अभिनेत्री लामो समय घरमै बसिरहेकी थिइन् । उनले काम पनि पाइरहेकी थिइनन् ।
हालै दिएको एक अन्तरवार्तामा संजीदाले उनी एकदमै धेरै सुन्दर र गोरी भएका कारणले नै काम नपाइरहेको बताएकी छन् । संजीदाले भनिन्, “म सुन्दर छु, यो कुराको मलाई असुरक्षित महसुस हुन्छ । किनकी मलाई यही कारणले गर्दा रोल पाइएनन् । कतिपटक निर्माताहरुले मलाई यो भनेका छन् ।”
उनले अगाडि भनिन्, “म जब अडिशन दिन जान्थेँ त्यहाँ मलाई ‘धेरै सुन्दर’ भनेर निकालिन्थ्यो । भन्थे तिमीलाई यो भूमिका दिन सकिँदैन ।” संजीदाको यस प्रतिक्रियाले उनलाई ट्रोल गर्न थालेका छन् । यदी यस्तै हो भने ऐश्वर्या रायले पनि काम पाउनेथिइनन् सम्म भनेका छन् । सुन्दर भए पनि ऐश्वर्याले त काम पाइरहेकी छन् भनेर उनलाई ट्रोल गरिरहेका छन् ।
एक यूजरले लेखेका छन्, “मोडल र मिस वल्र्डले बलिउडमा काम पाइरहेका छन् । कति सुन्दर अभिनेत्रीले काम पाइरहेका छन् । तपाईंले किन पाउनुभएन ?” त्यस्तै कतिपयले निर्माताहरुले सुन्दर र राम्री अभिनेत्रीहरु नै आफ्नो फिल्म वा सीरियलका लागि चाहने तपाईं उल्टो कुरा गरिरहनु भएको छ समेत भनेका छन् ।
Facebook Comment
Comment