बझाङमा एमालेलाई पछि पार्दै कांग्रेसको अग्रता, समाजवादी भन्दा माओवादी अगाडि

नेपालभ्युज

बझाङमा एमालेलाई पछि पार्दै कांग्रेसको अग्रता, समाजवादी भन्दा माओवादी अगाडि

काठमाडौं । बझाङ प्रदेशसभा १ को जारी मतणनामा एमालेलाई पछि पार्दै कांग्रेसले अग्रता बनाएको छ ।

पछिल्लो मत परिणामअनुसार कांग्रेसका अभिषेक सिंहले २६४ मतान्तरले अग्रता बनाएका हुन् । एमालेका दमन भण्डारीले ७ हजार २२८ मत ल्याउँदा कांग्रेसका सिंहले ७ हजार ४९२ मत प्राप्त गरेका छन् ।

बझाङमा सुरुदेखि एमालेले अग्रता बनाउदै आएकोमा पछिल्लो परिणाम अनुसार कांग्रेसले एमालेलाई उछिन्दै अग्रता बनाएको हो ।

माओवादी केन्द्रका जनकबहादुर बुढाले २ हजार ८१५ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १०२ मत ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved