कांग्रेस संसदीय दलको बैठकमा प्रवेश गर्‍यो गिरीबन्धु टी स्टेटको विषय

नेपालभ्युज

कांग्रेस संसदीय दलको बैठकमा प्रवेश गर्‍यो गिरीबन्धु टी स्टेटको विषय
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा गिरीबन्धु टी स्टेटको विषय प्रवेश गरेको छ । संसदीय दलको बैठक मंगलबार बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको थियो ।

‘गिरीबन्धु टीस्टेटको विषय प्रवेश गरेको छ। यसका बारेमा पहिले भएका कामकुराहरू, अहिले पछिल्लो समयमा सम्मानित सर्वोच्च अदालतबाट फैसला पनि भएको अवस्था छ । यसको विषय आज संसदीय दलमा प्रवेश गरेको छ’, बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनले आफूहरूले यो विषयलाई सबै कोणबाट अध्ययन गरेर अर्को बैठकमा धारणा बनाएर सार्वजनिक गर्ने बताए । बैठकले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संघीय संसद्को संयुक्त बैठक अवरोध नगर्ने निर्णय लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved