आन्दोलनकारीलाई कस्दै कार्यविधि : प्रदर्शनमा सरकारी सम्पत्ति क्षति भए आन्दोलनकारीले नै तिर्नुपर्ने

नेपालभ्युज

आन्दोलनकारीलाई कस्दै कार्यविधि :  प्रदर्शनमा सरकारी सम्पत्ति क्षति भए आन्दोलनकारीले नै तिर्नुपर्ने

काठमाडौं । आन्दोलनकारीलाई कस्दै कार्यविधि बनेको छ । विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति भएमा आयोजकले नै क्षतिको बिगो तिर्नुपर्ने गरी ल्याइएको हो ।

गृह मन्त्रालयले यससम्बन्धी छुट्टै कार्यविधि नै बनाएको छ । जसअनुसार सार्वजनिक प्रदर्शन, हडताल तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्यांकनसम्बन्धी कार्यविधि, २०८१ आइतबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने स्वीकृत गरेका हुन् ।

सुशासन (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०६५ को नियम ९ अनुसार कार्यविधि जारी गरिएको मन्त्रालयले जनाएको छ ।

आन्दोलनमा भएको क्षति मूल्यांकनको लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति रहने र सो समितिको सिफारिसका आधारमा बिगो भराइने कार्यविधिमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved