युद्धका बीच रूसी रक्षामन्त्री शोइगुको सरूवा

नेपालभ्युज

युद्धका बीच रूसी रक्षामन्त्री शोइगुको सरूवा

काठमाडौं । युक्रेनसँगको युद्धको बीचमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सर्गेई शोइगुको सरूवा गर्न लागेका छन् ।

६८ वर्षीय शोइगुले सन् २०१२ देखि रूसको रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् । अब शोइगु सुरक्षा परिषद्को प्रमुखमा नियुक्त हुनेछन् ।

राष्ट्रपति भवनबाट जारी विज्ञप्तिमा शोइगुको स्थानमा उपप्रधानमन्त्री आन्द्रेई बेलोसोभले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

युक्रेनसँग चलिरहेको युद्धमा शोइगुको महत्वपूर्ण भूमिका रहेको छ । रूसी सरकारी दस्तावेजबाट पुटिनले शोइगुलाई सुरक्षा परिषद्को प्रमुखको महत्वपूर्ण जिम्मेवारी लिन चाहेको खुलासा भएको छ ।

शोइगुलाई पुटिनको नजिक मानिन्छ र कुनै सैन्य अनुभव बिना रक्षाको जिम्मेवारी दिइएको थियो।

शोइगु पेशाले सिभिल इन्जिनियर हुन् । सन् १९९० मा शोइगु आपत्‌कालीन र विपद् राहत मन्त्रालयको प्रमुख निर्वाचित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved