पूर्वसचिव भिम उपाध्याय ५० हजार धरौटीमा छुटे

नेपालभ्युज

पूर्वसचिव भिम उपाध्याय ५० हजार धरौटीमा छुटे

काठमाडौं । बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा पूर्वसचिव भीम उपाध्याय ५० हजार रुपैयाँ तिरेर छुटेका छन् ।

विशेष अदालतमा उपस्थित भएका उनलाई अदालतले धरौटी माग गरेको हो । धरौटी बुझाएर उनी छुटेको अदालत स्रोतले जनाएको छ ।

उपाध्यायविरुद्ध चार करोड ११ लाख रुपैयाँ बिगो कायम गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई महिनाअघि मुद्दा दायर गरेको थियो ।

खानेपानी मन्त्रालयको सचिव हुँदा आयोजनाको अध्यक्षको रुपमा उनी सो भ्रष्टाचारमा परेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved