खेलाडीले प्रेसर अझै राम्रोसँग म्यानेज गर्नसक्थे : मोन्टी

नेपालभ्युज

खेलाडीले प्रेसर अझै राम्रोसँग म्यानेज गर्नसक्थे : मोन्टी

काठमाडौं । नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले आफ्नो टोलीले अझ राम्रोसँग प्रेसरलाई म्यानेज गर्नुपर्ने बताएका छन् ।

वेस्ट इण्डिज ‘ए’ सँगको दोस्रो ट्वान्टी–२० क्रिकेटमा आइतबार हार व्यहोरेपछि प्रशिक्षक मोन्टीले यस्तो बताएका हुन् ।

बलिङमा साझेदारी राम्रो रहेको उल्लेख गर्दै प्रशिक्षक मोन्टीले सागर ढकाल र कुशल भुर्तेलको बलिङ सुखद् रहेको बताए ।

प्रशिक्षक मोन्टीले राम्रो सुरूवात गरे पनि लोकेश बमको क्रयाम्पपछि मोमेन्टन चेन्ज भएको प्रतिक्रिया दिए ।

पावर प्लेमा छिटै विकेट पतन हुँदा दबाबमा परेको उनको भनाइ छ । तर, त्यो दबाब नेपालले अझै राम्रोसँग म्यानेज गर्नसक्ने प्रशिक्षक मोन्टीको बुझाई छ ।

प्रशिक्षक मोन्टीले ट्वान्टी–२० मा यस्तो अवस्था आउने बताए । तर, यहाँबाट सिक्नुपर्ने उनको भनाइ छ ।

प्लेइङ एलाभेनमा सबैलाई आफ्नो भुमिका राम्रोसँग दिइएको हुने तर आज त्यसअनुसार हुन नसकेको प्रशिक्षक मोन्टीले बताए ।

उनले आजको खेलमा ब्याटिङ साझेदारीमा कमी देखिएको पनि बताए । यद्यपि, रोहितले राम्रो खेलेको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved