मुलुकभरको तापक्रम बढ्दो, तराईमा आगामी ५ दिनसम्म तातो हावा चल्ने

नेपालभ्युज

मुलुकभरको तापक्रम बढ्दो, तराईमा आगामी ५ दिनसम्म तातो हावा चल्ने

काठमाडौं । विगत केही दिन देखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक बढिरहेको छ ।

लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा बिगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।

आगामी केही दिन सम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू–भागहरूमा अझै केही दिन अत्याधिक गर्मीको सम्भावना भएकाले आवश्यक तयारी र सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

तराईका ती भू–भागमा आगामी ५ दिन सम्म तातो हावाको सम्भावना छ । साथै पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३३ दशमलव ३ डिग्री सम्म पुग्ने अनुमान गरिएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved