वेस्ट इन्डिज ‘ए’सँग नेपाल पराजित, सिरिज १-१ को बराबरीमा

नेपालभ्युज

वेस्ट इन्डिज ‘ए’सँग नेपाल पराजित, सिरिज १-१ को बराबरीमा

काठमाडौं । टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको दोस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’सँग १० रनले पराजित भएको हो।

यससँगै सिरिजमा १-१ को बराबरी भएको छ । यसअघि शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो ।

वेस्ट इन्डिज ‘ए’ले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपाल पुरै ओभर खेलेर ९ विकेट गुमाउँदै १५० रनमा रोकियो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतकिय पारी खेले । उनी ४८ बलमा ६ चौका र २ छक्कासहित ७१ रन बनाएर अविजित रहे ।

गुुल्शन झाले २६ रन बनाउँदा ओपनर लोकेश बमले १७ रन जोडे । आरिफ शेखले १२, आकाश चन्दले ७ रन बनाए । अन्यले उल्लेख्य प्रर्दशन गर्न सकेनन् ।

वेस्ट इन्डिज ‘ए’का ओबेद म्याककोइड र गुडाकेश मोतीले २/२ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १६० रन बनाएको थियो ।

वेस्ट इन्डिज ‘ए’का लागि आन्द्रे फ्लेचरले ४३ रन जोडे । गुडाकेश मोतीले ३३, कप्तान रोस्टन चेसले २३ र जोन्सन चार्ल्सले ११ रन बनाए ।

साथै, एलिक एथेनाजेले ६, केसी कार्टीले १० र आन्द्रे फ्लेचरले १३ रन जोडे ।

नेपालका लागि कुशल भुर्तेल र सागर ढकालले २/२ विकेट लिँदा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले एक/एक विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved