इलाम २ मा एमाले र कांग्रेसबीच कडा टक्कर, चुलाचुलीको गणनामा स्वतन्त्र उम्मेदवार डकेन्द्रको ह्वात्तै बढ्यो मत

नेपालभ्युज

इलाम २ मा एमाले र कांग्रेसबीच कडा टक्कर, चुलाचुलीको गणनामा स्वतन्त्र उम्मेदवार डकेन्द्रको ह्वात्तै बढ्यो मत

इलामा । इलाम– २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

अहिले कांग्रेसका खड्कासँग १ हजार ६ सय २३ मतको अन्तर छ ।

नेम्वाङले ६ हजार ४ सय ३ मत प्राप्त गरेका छन् भने कांग्रेसका खड्काले ४ हजार ७ सय ७० मतसहित उनलाई पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिं थेगिम छन् । उनले ३ हजार १ सय ८८ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु १ हजार मतसहित चौथो स्थानमा छन् ।

फाकफोकथुमपछि अहिले चुलाचुली गाउँपालिकामा मतगणना भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved