उपनिर्वाचन प्रारम्भिक रुझानको सन्देश: पहिचानवादी अन्तिम परीक्षामा पनि फेल !

पूर्वी पहाडमा कांग्रेस एमालेको दबदबा कायमै

यसमा पहिचानको राजनीतिले कोशी प्रदेशको नामकरणपछि नयाँ कोल्टे फेरेको पहिचान पक्षधरको पनि उत्साहजनक उपस्थितिले उपनिर्वाचनको सरगर्मी अझ रोचक बनेको थियो । कोशी नामाकरणले राजनीति पेचिलो बन्दै जाँदा प्रारम्भिक मत गणनामा आमजनताले पनि ‘पहिचान’ पक्षमा मत जाहेर नगरेको देखिएको छ ।

नेपालभ्युज

उपनिर्वाचन प्रारम्भिक रुझानको सन्देश: पहिचानवादी अन्तिम परीक्षामा पनि फेल !

काठमाडौं । देशका प्रमुख शक्तिहरू इलाम–२ को निर्वाचनलाई आफ्नो पोल्टामा पारेर २०८४ का लागि आफ्नो हातमाथि परेको सन्देश प्रवाह गर्न चाहन्छन् । तर, जारी मतगणनामा भने पूर्वी पहाड इलाममा कांग्रेस एमालेको दबदबा कायमै देखिएको छ ।

तर, यो  प्रारम्भिक रुझानको १६ हजार भन्दा बढी मत गणनाको सन्देश  मात्र हो । ६० प्रतिशत बढी भोट गणना हुनै बाँकी छ । यसकारण अहिले प्रारम्भिक रुझानकै अनुसार अन्तिमसम्म मत अघि बढ्छ भन्ने छैन ।

यद्यपि यही अनुसार मत आउने हो भने पहिचानवादी पक्षधर अन्तिम परीक्षामा फेल हुने संकेत देखिएको छ । किनकि २०८४ को आम निर्वाचनका लागि आफ्नो भाष्य खडा गर्नका लागि प्रमुख तीन दलले आफ्नो वर्चस्व देखाउने प्रतिष्ठाको लडाइँ बनाएका थिए ।

यसमा पहिचानको राजनीतिले कोशी प्रदेशको नामकरणपछि नयाँ कोल्टे फेरेको पहिचान पक्षधरको पनि उत्साहजनक उपस्थितिले उपनिर्वाचनको सरगर्मी अझ रोचक बनेको थियो । कोशी नामाकरणले राजनीति पेचिलो बन्दै जाँदा प्रारम्भिक मत गणनामा आमजनताले पनि ‘पहिचान’ पक्षमा मत जाहेर नगरेको देखिएको छ ।

थेगिम कमजोर

 

१६ हजार ९ सय ६८ सदर मतमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
अहिले कांग्रेसका डम्बर खड्कासँग ग १ हजार ६ सय २३ मतको अन्तर छ ।

नेम्वाङले ६ हजार ४ सय ३ मत प्राप्त गरेका छन् भने कांग्रेसका खड्काले ४ हजार ७ सय ७० मतसहित उनलाई पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिं थेगिम छन् । उनले ३ हजार १ सय ८८ मत पाएका छन् । उनले चुलाचुली पालिकाको मत गन्दा अस्वाभाविक रूपमा मत बढाउन सफल भएका छन् । उनको जीतको लागि सबै पालिकामा यसैगरी भोट बढाउनुपर्ने छ । तर, सम्भावना कम छ । यता

राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुको निराशाजनक भोट छ । उनी १ हजार मतसहित चौथो स्थानमा छन् ।

फाकफोकथुमपछि अहिले चुलाचुली गाउँपालिकामा मतगणना भइरहेको छ ।

यदि अन्तिमसम्म यही शैलीमा मत आइरहेमा राष्ट्रिय राजनीतिमा पहिचानको मुद्दाको करिब अवसान हुने विश्लेषण सुनिन्छ । इलाममा पहिचान पक्षधरलाई पराजित गर्दै कांग्रेस वा एमालेले जित्नु भनेको पहिचान पक्षको राजनीति गर्नेहरूलाई सबभन्दा ठूलो झट्का हुने बताइन्छ ।

चुनावमा क्रममा पहिचान पक्षका साझा उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई धरानका स्वतन्त्र मयेर हर्क साम्पाङ समेतको साथले माहोल खडा गर्न सहज भएको थियो ।

यही सेरोफेरोमा इलाम उपनिर्वाचनलाई  नेकपा एमाले, कांग्रेस  र स्वपा र पहिचान पक्षधरको कोणबाट अलग अलग हेर्ने कोसिस गरिएको थियो ।

२०७९ मंसिरको निर्वाचन परिणाममा दोस्रो ठूलो दलमा खुम्चिन बाध्य एमाले डेढ वर्षको अन्तरालमा दोस्रोपटक सत्ता साझेदार बनेको पृष्ठभूमिमा इलामको उपनिर्वाचन भएको हो ।

एमालेका उम्मेदवार दिवंगत नेता सुबास नेम्वाङका पुत्र सुहाङ नेम्वाङ विजयी भएमा कोशी पूर्वको राजनीतिमा एमालेको परम्परागत वर्चस्व पुनर्स्थापित हुनेछ ।
कांग्रेसले जितेमा एक सीट थप बढाउने छ । अघिल्लो उपचुनावमा त कांग्रेसले एक सीट गुमाइसकेको छ ।

जारी मतगणनामा रास्वापा पछाडी छ । मतगणना हुँदै जादाँ अगाडि आउने संभावना कम देखिन्छ। चितवन तनहुँ र बारामा भएको उपनिर्वाचनबाट अति उत्साहित भएको पार्टीलाई निराश बनाएकाे छ ।

मिसन ८४ का लागि इलामले प्राप्त हुने नतिजाले मनोवैज्ञानिक लडाइँमा विशेष प्रभाव छोड्नेछ  । किनकि रास्वापले हार बेहोरेमा संगठन विस्तारका लागि हतोत्साह हुने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved