कांग्रेसले गर्‍यो दुवै सदन अवरोध (तस्वीरहरू)

नेपालभ्युज

कांग्रेसले गर्‍यो दुवै सदन अवरोध (तस्वीरहरू)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि संघीय संसद्का बैठक सदनको बैठक स्थगित भएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुतका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिन बसेको दुवै सदनको बैठक कांग्रेसको अवरोधपछि स्थगित भएको हो ।

अब प्रतिनिधि सभाको अर्को बैठक जेठ ३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको सभामुख देवराज घिमिरेले जानकारी दिए । यता, राष्ट्रिय सभा पनि जेठ ३ गतेसम्मका लागि स्थगित भएको छ ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद् बैठक अवरोध गर्दै आइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved