म्यानचेस्टरसँग नटिंघम पराजित, ब्राइटनको पोलमा बर्नमाउथको तीन गोल

नेपालभ्युज

म्यानचेस्टरसँग नटिंघम पराजित, ब्राइटनको पोलमा बर्नमाउथको तीन गोल

काठमाडौं । इङलिस प्रिमियर लिगमा उपाधिको दाबेदार म्यानचेस्टर सिटीसँग नटिंघम फरेस्ट पराजित भएको छ । सिटीको मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिंघम फरेस्टलाई २–० ले पराजित गरेको हो ।

सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक–एक गोल गरेका थिए ।

लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीको ३४ खेलबाट ७९ अंक छ ।

सिटी तालिकाकोे दोस्रो स्थानमा छ । आर्सनल ३५ खेलबाट ८० अंकसहित शीर्ष स्थानमा छ । तेस्रो स्थानमा रहेको लिभरपुलले ३५ खेलबाट ७५ अंक जोडेको छ ।
गएराति नै भएको अर्को खेलमा बर्नमाउथले ब्राइटनलाई ३–० ले पराजित गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved