एक युवतीलाई केटाको समूहले तानेर दुर्व्यवहार गरेको घटना रुकुम पूर्वको (पीडितको बयानसहित)

‘‘केटाहरूको पन्जाबाट बल्लबल्ल भागेँ। दुई तीन जनाको हात टोकेर भागेँ। त्यति गर्दा पनि छाडेनन्। पछिपछि आए। गुहार माग्दा कसैले सुनेनन्। माथि आएपछि साथी र मैले ढुङ्गा हान्यौँ। अनि पीछा गर्न छाडे।’’

एक युवतीलाई केटाको समूहले तानेर दुर्व्यवहार गरेको घटना रुकुम पूर्वको (पीडितको बयानसहित)

काठमाडौं। एक युवतीलाई केटाहरूको समूहले दुर्व्यवहार गरेको घटना (पूर्वी)रुकुमको भूमे गाउँपालिका १ को भएको खुलेको छ। घटना साउन ४/५ गते तिरको ‘लुकुम गाउँको झाँक्री मेलाको’ भए पनि अहिले सार्वजनिक भएको हो।

रुकुमकोटको ८ की मगर थरकी ती युवती साथीसँग मेला हेर्न गएकी थिइन्। मेला भूमे गाउँपालिका १ मा लगेको थियो। त्यहाँ मेला हेरेपछि पानी खान पल्लो गाउँ गएकी थिइन्। पानी खान जाँदा बाटोमा केटाहरूको समूहले घेरेर जबरजस्ती लैजान खोजेको उनले बताइन्।

नेपालभ्युजसँग सम्पर्कमा आएकी ती पीडित युवतीले केटाहरूको हात टोकेर बल्ल-बल्ल भागेको बताइन्। उनले नेपाल भनिन्, ‘‘केटाहरूको पन्जाबाट बल्लबल्ल भागेँ। दुई तीन जनाको हात टोकेर भागेँ। त्यति गर्दा पनि छाडेनन्। पछिपछि आए। गुहार माग्दा कसैले सुनेनन्। माथि आएपछि साथी र मैले ढुङ्गा हान्यौँ। अनि पिछा गर्न छाडे।’’

ती युवती अविवाहित हुन्। केटाहरूले छाड्छन् कि भनेर उनले आफू विवाहित भएको बताएको उनले सुनाइन्।

पीडित युवतीले भनिन्, ‘‘यतातिर बिहे नभएकी चेलीहरू मन परेमा जबरजस्ती घिच्चाएर लैजाने गर्दा रहेछन्। यसैले मलाई पनि उनीहरूले लैजान्छन् कि भन्ने डर लाग्यो। यसैले बिहे भएको भनिदिएँ। तैपनि छाडेनन्। बल्लबल्ल भाग्नुप‍र्‍याे ।’’

घटनाबारे पीडित किशोरी यसो भन्छिन्-

घटना हुँदा अरू मानिस बचाउन नआएको उनले गुनासो गरिन्। ‘‘यहाँको चलन यस्तै छ भनेर सबेले रमिता हेरे। कोही बचाउन आएनन्।’’ उनले सुनाइन्।

रुकुमकोटमा साउने संक्रान्तिलाई तिवार-राँखे पर्वको रूपमा भव्य रूपले मनाउने प्रचलन छ। यसै चाडको अवसरमा रुकुम पूर्वको लुगुम गाउँमा हरेक वर्ष साउन महिनाको पहिलो हप्तामा पर्ने मंगलबार या शनिबार पारेर गाउँका झाँक्रीहरू मिलेर पर्व मनाउने चलन छ। त्यही मेलामा युवती गएकी थिइन्।

गत वैशाखमा टकशेरा भन्ने ठाउँमा पनि चारजना युवाले एक युवतीलाई जबर्जस्ती गाडीमा हालेर लगेका थिए। तर, पालिकाकै उपाध्यक्षलगायतले पीडकलाई बचाएका थिए।

यसरी भएको थियो दुर्व्यवहार –

गाउँमा १८ वर्षयता चलेको चलन भन्दै पीडकलाई बचाउन जनप्रतिनिधि नै आउने गर्छन्। जसले गर्दा महिलामाथिको यस्तो दुर्व्यवहार र हिंसा अन्त्य हुन नसकेको स्थानीय बताउँछन्।

अबला नारीमाथि केटाहरूको दुर्व्यवहार, जबरजस्ती तानेर बिहे  (भिडिओ)

के हो लुकुम गाउँको झाँक्री मेला ?

साउनको पहिलो साता रूकुम पूर्वको भूमे गाउँपालिका–१ स्थित लुकुम (लुगुम)गाउँमा झाँक्री मेला हुन्छ। अठार मगरात क्षेत्रमा साउने संक्रान्तिलाई तिवार-राँखे पर्वको रूपमा भव्य रूपले मनाउने प्रचलन छ।

सोही चाडको अवसरमा रुकुम पूर्वको लुकुम गाउँमा हरेक वर्ष साउन महिनाको पहिलो हप्तामा मंगलबार या शनिबार यो मेला लाग्छ।

झाँक्रीहरूले एक-अर्काको ग्रह दशा हेरेर गाउँका युवायुवती राम्चेहरू र झाँक्रीका चिल्मी वा भाञ्जाका बीचमा एक-अर्कालाई सिस्नोले हानेर रमाइलो गर्छन्।

सिस्नोले शरीरमा हान्दा अदृश्य भूतप्रेतलाई धपाइन्छ भन्ने जनविश्वास छ। सोही मेला हेर्न टाढा टाढाबाट समेत मानिस आउने गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved