इलाम अपडेट :

२७ हजार गन्दा राजावादी दल राप्रपाको ५५ भोट, चुनावी कमान्डर ज्ञानेन्द्र शाही भन्थे ‘जितेर देखाइदिन्छौँ’

जबकि चुलाचुलीमा राप्रपाको २० मत पनि आएन । राप्रपाले अघिल्लो संसदीय चुनावमा मोटामोटी ४०० भोट कटाएको थियो । यो उपचुनावमा पनि राप्रपा उम्मेदवारलाई गम्भीर प्रत्याशी नठानिए पनि ज्ञानेन्द्र शाहीले आफूले चुनावी माहौल बनाएको जिकिर गरिरहेका थिए ।

नेपालभ्युज

२७ हजार गन्दा राजावादी दल राप्रपाको ५५ भोट, चुनावी कमान्डर ज्ञानेन्द्र शाही भन्थे ‘जितेर देखाइदिन्छौँ’

काठमाडौं । सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाहीलाई पार्टीको तर्फबाट चुनावी कमान्डर बनाएर पठाएको इलाम २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बिजोग भएको  छ । जारी मत गणनामा राप्रपा उम्मेदवार लक्ष्मी गुरुङको ५५ मत आएको  छ ।

जारी मत गणनामा २७ हजार ६ सय १४ मत गणना गर्दा मात्र ५५ भोट गुरुङको पक्षमा आएको हो । चुनावी प्रचारको समयमा त्यहाँ ज्ञानेन्द्र शाही एक हप्ता बसेर प्रचार गरिरहेका थिए । उनले पछिल्लो समय राजतन्त्रको पक्षमा माहौल भएको दाबी गर्दै आफ्नो उम्मेदवारले जित्ने दाबी गरेका थिए ।

महत्वाकांक्षी विश्लेषण गर्दै उनी भन्थे, ‘‘देशभर भर हाम्रो पक्षमा जनलहर छ ।  राप्रपाले चुनावै जित्न सक्छ । चुलाचुलीमा १३ हजार भोट छ । त्यहाँको १० देखि २० प्रतिशत भोट मात्रै तान्यौँ भने पनि चुनाव हामीले जित्न सक्छौँ।’’

जबकि चुलाचुलीमा राप्रपाको २० मत पनि आएन । राप्रपाले अघिल्लो संसदीय चुनावमा मोटामोटी ४०० भोट कटाएको थियो । यो उपचुनावमा पनि राप्रपा उम्मेदवारलाई गम्भीर प्रत्याशी नठानिए पनि ज्ञानेन्द्र शाहीले आफूले चुनावी माहौल बनाएको जिकिर गरिरहेका थिए ।

ज्ञानेन्द्र शाही खटिएपछि पार्टी पङ्क्ति पनि तातेका थिए । अन्य पार्टीका मानिसहरू पनि उनलाई चाख मानेर सुनिरहेका थिए । आफूले पाइरहेको रेस्पोन्सबाट प्रफुल्ल शाहीले आफ्नो दलले जित्नै दाबी गरेर काठमाडौं फर्किएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved