एजेन्सी । अहिले परिवार मात्र नभएर साथी वा जो कोहीसँग पनि जुठो खाना सेयर गर्ने चलन बढ्दो छ । तपाईंले सुन्नुभएको पनि होला एकअर्काको जुठो खाँदा प्रेम बढ्छ । तर, यस्तो होइन्, जुठो खाँदा नोक्सान पनि हुन सक्छन् । जसलाई जान्न एकदमै जरूरी हुन्छ ।
जुठो खाँदा पेटसँग जोडिएका समस्या हुन सक्छन् । तपाईंलाई थाहा पाएर हैरान होला, कयौंपटक जुठो खाँदा एसिडिटी र ग्यासजस्ता समस्या पनि हुन सक्छन् ।
जुठो खाँदा संक्रामक रोग फैलने खतरा पनि हुन्छ । यस्तो स्थिति त्यतिबेला हुन्छ, जब तपाईं कसैको जुठो खानुहुन्छ । यसले कुनै प्रकारको ब्याक्टेरियल तथा भाइरल संक्रमण हुने गर्छ ।
जुठो खाँदा मानिसलाई एलर्जीको समस्या हुन सक्छ । कोही व्यक्तिको जुठो खाँदा उसको र्याल खानेकुरामा मिसिन्छ । जसले जुठो खाने व्यक्तिलाई एलर्जी हुने खतरा हुन्छ ।
त्यस्तै, जुठो खाँदा तपाईंको मुखबाट खराब गन्ध आउने समस्या पनि हुन सक्छ । यदि यस्तो समस्या पहिले नै भएको व्यक्तिको जुठो खानुहुन्छ भने तपाईंमा पनि त्यस्तो समस्या अवश्य हुनेछ ।
जुठो खाँदा दाँत तथा गिँजासम्बन्धी समस्या पनि हुने गर्छ । यसले क्याबिटिजको समस्या तथा गिजाबाट रगत आउने समस्या पनि सर्ने सम्भावना अत्यधिक हुन्छ ।
विभिन्न समस्याबाट बच्न तपाईंले अरूको जुठो खानुहुँदैन, साथमा जुठो भाँडा पनि प्रयोग गर्नु हुँदैन । प्रेम बढाउनका लागि आ-आफ्नो भाँडामा खानु नै सही हुन्छ । जुठो खानु भनेको रोगलाई बढावा दिनु मात्रै हो ।
Facebook Comment
Comment