काठमाडौं । सरकारले आगामी पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय दुई हजार ३५१ अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ ।
बुधबार राष्ट्रिय योजना आयोगले निकै महत्त्वाकाङ्क्षी लक्ष्यसहित सोह्रौं आवधिक योजना सार्वजनिक गर्दै यस्तो लक्ष्य राखिएको जनाएको छ । हाल नेपालीको प्रतिव्यक्ति आय एक हजार ४५६ अमेरिकी डलर छ ।
आयोगका प्रवक्ता यमलाल भुसालका अनुसार ७.३ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिइएको छ ।
यस्तै, गरिबीको रेखामुनि रहेका जनसंख्यालाई २० प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ ।
र, ९० प्रतिशत जनसंख्यामा इन्टरनेटको पहुँच पुर्याउने, ११ हजार ७ सय ६९ मेगावाट विद्युत् उत्पादन गर्ने लयगतका लक्ष्य राखिएको छ ।
Facebook Comment
Comment