मोर्चाको अवस्था निकै खराब छ : युक्रेनी सेना प्रमुख

नेपालभ्युज

मोर्चाको अवस्था निकै खराब छ : युक्रेनी सेना प्रमुख

काठमाडौं । युक्रेनका सेना प्रमुख जनरल ओलेक्जेन्डर सिरेस्कीले मोर्चाको अवस्था निकै खराब भएको स्वीकार गरेका छन् ।

जनरल सिरेस्कीले देशको पूर्वी मोर्चामा युक्रेनी सेना पछि हट्नुपरेको बताएका छन् ।

युक्रेनले अमेरिकाबाट सैन्य सहयोग लिनुअघि नै रूसले स्थितिको फाइदा उठाउने प्रयास गरिरहेको छ ।

‘मोर्चाको अवस्था अत्यन्तै खराब छ,’ सिरिसकीले टेलिग्राममा पोस्टसँगको कुराकानीमा भने।

युक्रेनी सेना पूर्वी डोनेट्स्क क्षेत्रमा पछि हट्नु परेको छ ।

रूसको रक्षा मन्त्रालयले पूर्वी डोनेट्स्क क्षेत्रको ओचेरेटाइन नजिकैको बस्ती कब्जा गरेको जनाएको छ ।

गत हप्ता युक्रेनलाई ६१ अर्ब डलरको सैन्य सहायता दिने प्रस्ताव अमेरिकी संसदमा पारित भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved