कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपालभ्युज

कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु

सुर्खेत । कालिकोट शुभकालिका गाउँपालिका– १ छातीमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्काभेटरका सह–चालक शुभकालिका गाउँपालिका–१ बस्ने २४ वर्षीया दलबहादुर रिजाल रहेको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश ०२–००१ क ०१२९ नम्बरको स्काभेटर आइतबार बेलुकी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोट जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुखअर्जुन केसीले बताए ।

‘सह–चालक रिजालको घटनास्थलमै मृत्यु भएको छ ।’ उनले भने,‘चालक कैलालीको चुरे गाउँपालिका–५ का २८ वर्षीया हिक्मत रोकामगर गम्भीर घाइते छन् ।’

छातीदेखि दहिखोलातर्फ जादै गरेको स्काईभेटर अनियन्त्रित भई सडकबाट पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाइते चालक रोकामगरलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved