गाउँपालिकाको भवन उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड सल्यान जाँदै, दार्मा गाउँपालिकामा सार्वजनिक बिदा

नेपालभ्युज

गाउँपालिकाको भवन उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड सल्यान जाँदै, दार्मा गाउँपालिकामा सार्वजनिक बिदा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गाउँपालिकाको भवन उदघाटन गर्न आज सल्यान जाँदै छन् ।

दार्मा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टरबाट सल्यान जान लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड आउने भएपछि दार्मा गाउँपालिकाले गाउँपालिकाभर सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिका अध्यक्ष निमबहादुर केसीले गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय र विद्यालयहरुमा बिदा दिइएको बताए ।

उनका अनुसार प्रधानमन्त्री प्रचण्डले दार्मा गाउँपालिकाको प्रशासकीय भवन उदघाटन र पालिकाको भवन नजिक पर्ने शहीद गेटमा माल्यार्पणको कार्यक्रम छ ।

त्यहाँ रहदा जाजरकोट भूकम्पबाट प्रभावित भएका दार्मा गाउँपालिकाका बासिन्दासँग पनि प्रधानमन्त्री प्रचण्डले भेटघाट गर्ने कार्यक्रम छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved