जुम्लामा भीरबाट खसेर ७० वटा भेडा मरे

नेपालभ्युज

जुम्लामा भीरबाट खसेर ७० वटा भेडा मरे

सुर्खेत । जुम्लामा भीरबाट खसेर ७० वटा भेडा मरेका छन् ।

भेडाहरुको बथानमा भालु पसेपछि तर्सिएर भागेका भेडाहरु भीरबाट खसेर मरेका हुन् ।

भागेका एक सय दुई वटा भेडा भीरबाट खसेका थिए । जसमध्ये ७० भेडा मरेको जुम्ला तातोपानी गाउँपालिका–४ का वडाध्यक्ष अमर रोकायाले जानकारी दिए ।

‘जुम्लाको तातोपानी गाउँपालिका– ७ बारागाउँको थुमलचौरमा गएराती अन्दाजी २ बजेतिर बसिरहेका भेडाहरुको बथानमा भालु पसेको थियो ।’ उनले भने, ‘बारागाउँका स्थानीय मगे रावत र सिउल रावतका १०२ वटा भेडामध्ये थुमलचौरको भीरबाट खसेर ७० भेडा मरेको भेटिएका छन् ।’

वडाध्यक्ष रोकायाका अनुसार ३१ भेडा बेपत्ता भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved