मध्यराति गोली हानेर पर्सा प्रहरीले समात्यो भारतीय अपराधी

नेपालभ्युज

मध्यराति गोली हानेर पर्सा प्रहरीले समात्यो भारतीय अपराधी
सांकेतिक तस्वीर।

काठमाडौं । पर्सा प्रहरीले गोली चलाएर एकजना भारतीयलाई पक्राउ गरेको छ ।

भारतको रक्सौल चम्पारन बस्ने वर्ष ४५ को बब्लु पासवान भन्ने गणेश कुमारलाई प्रहरीले विरगञ्जबाट नियन्त्रणमा लिएको हो ।

गएराति ११ बजेतिर वीरगञ्ज महानगरपालिका–१६ मा प्रहरीले गोली चलाएर पासवानलाई नियन्त्रणमा लिएको डीएसपी कुमार विक्रम थापाले जानकारी दिए । खुट्टामा गोली लागेको उनलाई उपचार पश्चात् प्रहरी नियन्त्रणमा राखिएको छ ।

काठमाडौंको गोठाटारमा लाल मोहम्मदको हत्यामा पासवान संलग्न भएको प्रहरीको अनुमान छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको छ । उनको साथबाट प्रहरीले लागूऔषध ब्राउन सुगर र दुईथान गोली सहित पेस्तोल बरामद गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved