लेनदेनमा विवाद हुँदा चालकले आफ्नै सहचालकको हत्या गरे

नेपालभ्युज

लेनदेनमा विवाद हुँदा चालकले आफ्नै सहचालकको हत्या गरे
सांकेतिक तस्विर

काठमाडौं । स्याङ्जामा ट्याक्टर चालकले सहचालकको हत्या गरेका छन् ।

दाङको राप्ती गाउँपालिका–३ घर भई वालिङ नगरपालिका–१३ मा बस्ने ३५ वर्षीय निम बहादुर घर्तीमगरले सहचालक २० वर्षीय आयुष चौधरीलाई चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

ट्याक्टरमा सँगै काम गर्ने मजदुरहरु बिच गएराती लेनदेनको विषयमा विवाद भएको थियो ।

विवादका क्रममा चक्कु प्रहारबाट घाइते भएका चौधरीलाई उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

स्थानीय मुक्ति सारूको घरमा डेरा गरी बस्ने दुबै जनाको घर दाङको राप्ती गाउँपालिका हो ।

चक्कु प्रहार गर्ने निम बहादुर घर्तीमगरलाई प्रहरीले पक्राउ गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved