देशलाई जहाँ पुर्‍याएको थिएँ, त्यसभन्दा पनि माथि पुर्‍याउनेछु : लामिछाने

नेपालभ्युज

देशलाई जहाँ पुर्‍याएको थिएँ, त्यसभन्दा पनि माथि पुर्‍याउनेछु : लामिछाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतको फैसलाको सम्मान गर्ने बताएका छन् ।

बुधबार बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले यस्तो बताएका हुन् ।

आफूलाई फसाइएको बताउँदै उनले भने, ‘मैले पहिले पनि जिल्ला अदालतको फैसलालाई सम्मान गरेकै हो, अहिले उच्च अदालतको फैसलाको पनि सम्मान गर्छु ।’

उनले अब देशलाई अझै माथि पुर्‍याउने बताए । ‘नेपाललाई जहाँ मैले पुर्‍याएको थिएँ, त्यसभन्दा पनि माथि पुर्‍याउनेछु’ लामिछानेले भने ।

उच्च अदालतका न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई बदर गर्दै लामिछानेलाई सफाइ दिएको हो ।

सन्दीपलाई सफाइ दिन उच्च अदालतले टेकेको यी दुई आधार


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved