अबला नारीमाथि केटाहरूको दुर्व्यवहार, जबरजस्ती तानेर बिहे (भिडिओ)

निर्दयी केटाहरूले उनको पीडा किन बुझ्थे र ? उल्टै ती केटीमाथि जाइलाग्दै सोध्छन्, “बिहे भएको भए सिन्दुर खै, पोते खै ?”’ युवतीको नमान्दा-नमान्दै पनि जबरजस्ती घिच्याएर लैजान्छन् केटाहरूले । एक्ली युवती ती सबै चरम् अत्याचार सहन विवश हुन्छिन् ।

नेपालभ्युज

अबला नारीमाथि केटाहरूको दुर्व्यवहार, जबरजस्ती तानेर बिहे (भिडिओ)

काठमाडौं। एक गाउँले युवती कतै जाँदैछिन्। एक हुल केटाहरू बाटो छेक्न बसेका छन् । गाउँमा साँघुरो गल्लीको बाटो छ । एक अबला नारीलाई धेरैजना केटाहरूले घेरिरहेका छन् ।

भाग्ने कतै ठाउँ नभए पनि युवती डरले चिच्याउँदै भाग्ने प्रयास गर्छिन्। अलि पुग्छिन् । त्यता पनि केटाहरू पुगिहाल्छन्, उनीहरू बाटै छेकिरहेका छन् ।

बलिष्ठ केटाहरूको समूहले युवतीलाई जबरजस्ती बोकेर काँधमा हाल्न खोज्छन् । युवती बल्लतल्ल उम्केर भाग्छिन्। उम्किसकेकी ती केटीलाई फेरि अर्को केटाले हात तान्दै भन्छ ‘माइतीको छोरी लग्यो अब ।’’

चारैतिरबाट घेरा हालेका केटाहरूले ती युवतीलाई फेरि समाइहाल्छन्, अट्टहास गर्छन् । मानौँ उनीहरूले ठूलै युद्ध जितेका छन् । एक अबला नारीको इज्जतसँग खेल्नु उनीहरूको लागि महान् काम हुनसक्छ । युवतीले रुँदै बिन्ती बिसाउँछिन्, “मेरो बुढा पारी छ । प्लिज मलाई छाडिदेऊ ।”

निर्दयी केटाहरूले उनको पीडा किन बुझ्थे र ? उल्टै ती केटीमाथि जाइलाग्दै सोध्छन्, “बिहे भएको भए सिन्दुर खै, पोते खै ?”’ युवतीको नमान्दा-नमान्दै पनि जबरजस्ती घिच्याएर लैजान्छन् केटाहरूले । एक्ली युवती ती सबै चरम् अत्याचार सहन विवश हुन्छिन् ।

सामान्यतः विवाह बन्धनमा बाँधिन परिवार र केटाकेटीको मञ्जुरी चाहिन्छ। साइत हेरेर लगन गाँठो कसिन्छ। प्रेम सम्बन्धमा बाँधिएर प्रेमी-प्रेमिकाको सहमतिमा बिहे हुनु पनि सामान्य हो। जहाँ अभिवाकको सहमति नभए पनि हुन्छ ।

तर, नेपालकै केही ठाउँमा यस्तो चलन अझै कायमै छ, जहाँ आफूले मन परेकी केटीलाई उसको सहमति बेगर जबरजस्ती तानेर घर लैजाने र बिहे गर्ने गरिन्छ।

अझ भनौँ कोही केटी मान्छेलाई अपहरण गरेर लगेर बलात्कार गरिन्छ। किनकि बिहे नाम दिइएको यो परम्परामा केटी मञ्जुरी हुँदैन, उसलाई मनै नपरेको केटाको घरमा बस्न बाध्य बनाइन्छ। जङ्गली सभ्यतासमेत परिकल्पना नगरिने यस्तो परम्परालाई अझ समाजका मानिसहरूले बिहे गरेको भनेर बुझ्छन्।

नेपालका केही उच्च पहाडी भेगमा केटी मन परे उमेर हेरिँदैन, अभिभावकलाई सगुन दिएर खुसी पारेपछि छोरी जबरजस्ती तानेर लाने गरिएको छ। कतिपय ठाउँमा छ अभिभावककै सहमति नभए पनि यसरी छोरी चेली तानेर लगिन्छ।

माथि उल्लेखित दृश्य शुक्रबार बिहानेदेखि सामाजिक सञ्जालमा भाइरल भिडिओको हो। भाइरल ४६ सेकेन्ड लामो भिडिओ कहाँको, भन्ने खुलेको छैन।

तर, एक जना केटीलाई जबरजस्ती तानेर बिहे गर्न लागेको जस्तो देखिन्छ, यदि यो कुनै नाटक वा सुटिङको होइन भने ।
पात्र र परिवेश हेर्दा यो घटना सत्य झैँ लाग्छ । यो घटना सत्य भएमा यसमा संलग्न केटाहरूलाई हदैसम्मको सजाय हुनुपर्ने माग उठेको छ ।

धेरैले यो भिडिओ शेयर गर्दै युवतीको न्यायको लागि अपिल गरिरहेका छन् । तैपनि यो भिडिओ कहाँको हो र कसले सुरमा सार्वजनिक गरेको हो भन्ने पत्ता लागिसकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved