फलामको भाँडोमा पकाउन नहुने परिकार

नेपालभ्युज

फलामको भाँडोमा पकाउन नहुने परिकार

एजेन्सी । हामी नेपालीहरुको धेरै घरहरुको भान्सामा फलामको भाँडा प्रयोग गर्ने चलन छ । प्राचीन कालदेखि नै चल्दै आएको यो चलन बीचमा हराए पनि फेरि समयसँगै परिमार्जन भएर विभिन्न फलामका भाँडाहरु बजारमा पाइन्छन् ।

समयसँगै मानिसहरु स्वस्थ खानपानको खोजीमा पुनः फलामको भाँडामा पकाउने जस्तो प्रयोग गर्न थालेका छन् । सबैलाई थाहा भएकै कुरा हो फलामको भाँडोमा सबै खानेकुरा पकाउन त्यति सम्भव हुँदैन । र कतिपय खानेकुरा फलामको भाँडामा पकाउँदा त्यसको नकारात्मक असर पनि पर्ने गर्छ । आज हामी त्यस्तै केही खानेकुरा जसलाई फलामको भाँडामा पकाउनु हुँदैन ती बारे जान्नेछौं ।

पालक
पालकको सागमा अक्सालिक नामक एसिड पाइन्छ । त्यसैले पालकलाई फलामको भाँडोमा पकाउनबाट बच्नुपर्दछ ।

चुकन्दर
चुकन्दरलाई पनि फलामको भाँडोमा पकाउनबाट जोगिनु पर्दछ । किनकी यसमा आइरन हुन्छ जो फलामको भाँडोमा गएर रियाक्ट गर्न सक्छ ।

कडी
विशेषगरी दही वा मोहीबाट बनाइने कडीलाई पनि फलामको भाँडामा पकाउनु हुँदैन । यो आफैमा एसिडिक हुने भएकाले फलाममा जाँदा यसको स्वादमा पनि परिवर्तन हुन सक्छ ।

कागती
कागती एसिडिक हुन्छ । कुनै पनि खानेकुरा फलामको भाँडोमा पकाउँदा कागतीको प्रयोग गर्नु हुँदैन । फलामको भाँडोमा कागती राख्दा यसको स्वाद तितो हुने गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved