सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू : एमाले अध्यक्ष ओली

नेपालभ्युज

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश सरकारलाई तत्काल विश्वासको मत नदिन नेताहरुलाई निर्देशन दिएका छन् ।

सुदुरपश्चिमको एमाले टोलीलाई बालकोटमा बोलाएर अध्यक्ष ओलीले एकीकृत समाजवादीका कतिपय नेताका पछिल्ला अभिव्यक्तिका कारण तत्काल विश्वासको मत दिन नसकिने बताएका हुन् ।

एकीकृत समाजवादीका दीर्घ सोडारी नेतृत्वको सरकारलाई विश्वासको मत दिन हतार गर्न नहुने ओलीको भनाइ छ ।

सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक सुरेन्द्र पाल गएराति अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

समाजवादीले पछिल्ला अभिव्यक्ति नसच्याएसम्म विश्वासको मत नदिने अध्यक्ष ओलीको भनाइ छ । विश्वासको मतका लागि आह्वान गरिएको संसद बैठक एमाले उपस्थित नहुने भएपछि अनिश्चितकालका लागि स्थगित गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved