जंगलमा आगो लगाउने ५ जना पक्राउ, मुद्दा चलाउने प्रहरीको तयारी

नेपालभ्युज

जंगलमा आगो लगाउने ५ जना पक्राउ, मुद्दा चलाउने प्रहरीको तयारी

काठमाडौं । जंगलमा डढेलो लगाएको अभियोगमा काभ्रेपलाञ्चोकमा पाँचजना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जंगलमा आगो लगाएको अभियोगमा मण्डनदेउपुर नगरपालिका–११ का ३१ वर्षीय मैते तामाङ, २५ वर्षीय विकास भुजेल र सविन सुनार, नमोबुद्ध नपा–१ को कासकोट सामुदायिक जङ्गलमा आगो लगाएको अभियोगमा ८० वर्षीय आइतीमाया तामाङ र चौंरीदेउराली गाउँपालिका–६ को आरुबोट सामुदायिक जङ्गलमा आगो लगाएको आशंकामा सोही वडाका ४९ वर्षीय लालकुमार सेन ठकुरीलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।

उनीहरुमाथि मुद्दा चलाउने तयारी भएको छ ।

डढेलो मानवबस्तीमा पस्दा जिल्लाको रोशी, महाभारत र खानीखोला गाउँपालिकाका विभिन्न स्थानमा सर्वसाधारणको घर जलेर नष्ट भइसकेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved