नागरिकतासम्बन्धी प्रकरणमा कैलाश सिरोहियालाई पक्राउ गर्नु गलतः एम्नेस्टी इन्टरनेसनल

नेपालभ्युज

नागरिकतासम्बन्धी प्रकरणमा कैलाश सिरोहियालाई पक्राउ गर्नु गलतः एम्नेस्टी इन्टरनेसनल

काठमाडौं ।  एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामारले नागरिकतासम्बन्धी प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न आवश्यक नरहेको बताएकी छन्।

‘मानव अधिकारका समसामयिक चुनौति र आगामी दिशा’ विषयक कार्यक्रममा महासचिव कालामारले यस्तो बताएकी हुन् । अध्यक्ष सिरोहियालाई गिरफ्तार गर्नु गलत भएको बताउँदै उनले सञ्चारमाध्यमलाई दबाबमा राख्ने प्रयत्न भएको जिकिर गरिन् ।

उनले सूचनाको अधिकार र स्वतन्त्र रुपमा अनुसन्धानमुलक रिपोर्टिङमाथि धावा बोलिएको बताईन् । उनले नागरिकको मुखसमेत बन्द गर्ने प्रयास भएको भन्दै आपत्ति जनाईन् । नेपालमा गम्भीर अपराधका अन्य घटनामा अनुसन्धान नभएको तर मिडियालाई समाचार लेख्न र अनुसन्धानमुलक सामग्री प्रकाशन गर्न हतोत्साही बनाइएको उनको भनाइ थियो ।

‘मिडियालाई दबाबमा राख्ने प्रयत्न भएको देखिन्छ । सूचनाको अधिकार र स्वतन्त्र रुपमा अनुसन्धानमुलक रिपोर्टिङमाथि धावा बोलिएको छ । नागरिकको मुखसमेत बन्द गर्ने प्रयास गरिएको छ’ उनले भनिन्, ‘छिमेकमा रहेका मुलुकमा मिडिया र अभिव्यक्ति स्वतन्त्रताबिरुद्ध नियम कानून बनिरहेका छन् र अभ्यास भइरहेका छन् भने त्यसको प्रभाव तपाईंको देशमा पनि पर्ने सम्भावना बढ्छ । यि सबैको प्रभाव समाजमा गम्भीर रुपमा परेको हुनुपर्छ ।’

उनले पत्रकारहरु व्यवसायिक हुनुपर्ने तर जुनसुकै अवस्थामा पनि पत्रकारले लेखेको समाचारकै आधारमा गिरफ्तार गर्नु नहुनेमा जोड दिईन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved