धावनमार्गको खाल्डो पुरेपछि पुन: सञ्चालनमा आयो त्रिभुवन विमानस्थल

नेपालभ्युज

धावनमार्गको खाल्डो पुरेपछि पुन: सञ्चालनमा आयो त्रिभुवन विमानस्थल
फाइल तस्वीर

काठमाडौं । धावनमार्गमा खाल्डो परेपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुन: सञ्चालनमा आएको छ ।

धानवमार्ग-२ मा सानो खाल्डो परेपछि शुक्रबार दिउँसो करिब १ घण्टाका लागि उडान तथा अवतरण बन्द गरिएको थियो ।

मर्मतपछि पुन: सञ्चालनमा आएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

मर्मत कार्य जारी रहँदा आकाशमा होल्ड भएका मलेसियन एयरलाइन्स, थाई एयरलाइन्सका जहाजहरू अवतरण गरिसकेका छन् ।

अहिले सहज रूपमा उडान तथा अवतरण भइरहेको झाले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved