काठमाडौं । आगामी आर्थिक वर्षदेखि काठमाडौं महानगरपालिकाले कम्तीमा २० जनालाई रोजगारी दिने व्यवसायीलाई सुरुका तीन वर्ष व्यवसाय करमा शतप्रतिशत छुटको घोषणा गरेको छ । शुक्रबार काठमाडौं महानगरको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख बोलन्द्र साहले यस्तो घोषणा गरेका हुन् ।
उनले काठमाडौं महानगरपालिकाबाट कार्यान्वयन हुने विकास निर्माणसम्बन्धि कार्यक्रममा आवश्यक जनशक्तिमध्ये कम्तीमा ३० प्रतिशत महानगरपालिकाको श्रम बैंकमार्फत आपूर्ति गरिने व्यवस्था मिलाइने बताए । उनले सहकारी सूचना केन्द्रको स्थापना गरी बचत संकलन, ऋण परिचालन तथा संस्थाको सुशासन कार्यलाई प्रभावकारी बनाइने जानकारी दिए ।
उनले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा गैरसरकारी संस्थाहरूबाट उपलब्ध गराउँदै आएको छात्रवृत्तिलाई काठमाडौं महानगरपालिकाको एक द्वार प्रणालीमार्फत वितरण गर्ने व्यवस्था मिलाइने बताए । विद्यार्थीहरूलाई पढ्दै कमाउँदै अवधारणा बमोजिम पाट टाइम काम गर्ने गरी रोजगारी सिर्जनाका लागि आवश्यक प्रबन्ध मिलाइने उनको भनाई छ ।
‘विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खालको क्षमता विकास गर्न सामुदायिक विद्यालयहरूको शैक्षिक र भौतिक गुणस्तर सुधार गरिनेछ’, उनले भने , उनले भने ‘विद्यार्थीहरूलाई पढ्दै कमाउँदै अवधारणा बमोजिम पाट टाइम काम गर्ने गरी रोजगारी सिर्जनाका लागि आवश्यक प्रबन्ध मिलाइनेछ ।’ उनले भने ।
उनले काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयको चलअचल सम्पत्तिलाई शैक्षिक प्रयोजनको लागि मात्रै प्रयोग गर्ने व्यवस्था गरिने बताए । ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ को परिकल्पनालाई मूर्तरूप दिन संविधानले दिएको अधिकारको अधिकतम प्रयोग गरिने उनको भनाई छ ।
Facebook Comment
Comment