काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नगरसभा बैठकमा दलको प्रतिनिधित्व गरेर नआउन भनेका छन् ।
आर्थिक वर्ष २०८१/८२ वर्षको जेठ ३२ गते प्रस्तुत भएको नगरको नीति तथा कार्यक्रमको विषयमा छलफल गर्न बोलाइएको बैठक नेपाली कांग्रेस र नेकपा एमालेका जनप्रतिनिधिले बहिस्कार गरेपछि प्रमुख शाहले यस्तो बताएका हुन् ।
‘काठमाडौं महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।’ उनले सामाजिक संजालमा लेखेका छन् ।
तीन जना नेताको कारण १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको शाहको भनाइ छ ।
‘नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारूपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ ।’ शाहले भने, ‘बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले गर्दैन ।’
Facebook Comment
Comment