सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थित श्री पाँच कन्या सामुदायिक आधारभूत विद्यालयका ३० जना विद्यार्थीलाई लायन्स क्लबले शैक्षिक सामग्री, झोला र विद्यालय पोशाक हस्तान्तरण गरेको छ ।
लायन्स क्लब इन्टरनेसनल डिस्ट्रीक्ट ३२५ जीअन्तर्गत लायन्स क्लब अफ काठमाडौं वाटर स्पोट्र्स र लायन्स क्लब अफ सनराइजको संयुक्त पहलमा उक्त सामग्री वितरण गरिएको हो । नर्सरीदेखि कक्षा ३ सम्म अध्ययन हुने यस विद्यालयमा अधिकांश विद्यार्थी आर्थिक रुपमा कमजोर पृष्ठभूमिबाट आएका कारण क्लबको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सहयोग गरिएको लायन्स क्लब अफ काठमाडौं वाटर स्पोट्र्सकी अध्यक्ष इन्दु वाग्लेले बताइन् ।
सामग्री वितरण कार्यक्रम सिन्धु पर्यटन व्यवसायी संघको समन्वयमा सम्पन्न भएको हो । सोही अवसरमा संघको अगुवाइमा तल्लो भोटेकोशीस्थित राफ्टिङ सुरु हुने ’स्टार्ट पोइन्ट’ क्षेत्रको सरसफाइ पनि गरिएको थियो ।
पर्यटन व्यवसायी तथा संघका अध्यक्ष नारायण श्रेष्ठका अनुसार आन्तरिक पर्यटकबाट नदी किनारमा अत्यधिक फोहोर जम्मा हुने गरेकोले स्थानीय व्यवसायीले कम्तीमा १५ दिनमा एकपटक ‘स्टार्ट पोइन्ट’ क्षेत्र सरसफाइ गर्दै आएका छन् ।
डिस्ट्रीक्ट जीका चिफ गभर्नस् एड अग्निविलाश अधिकारीका अनुसार आफ्नो डिस्ट्रीक्ट मातहतमा रहेका क्लबहरूले आफ्नो स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वमा काम गर्दै आएको बताए ।
तस्वीरहरू :

Facebook Comment
Comment