काठमाडौंका सार्वजनिक स्थानमा चुरोट, सुर्ती खान बन्देज

नेपालभ्युज

काठमाडौंका सार्वजनिक स्थानमा चुरोट, सुर्ती खान बन्देज
फाइल तस्वीर ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र धूमपान, मद्यपान र लागु औषध प्रयोगमा पूर्ण बन्देज लगाउने भएको छ ।

गामी आर्थिक वर्ष २०८१\८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख बालेन शाहले यस्तो घोषणा गरेका हुन् ।

यसअघि संघीय सरकारले सार्वजनिक स्थानमा धूमपान एवं सुर्तीजन्य पदार्थ निषेध गर्न देशभरका स्थानीय तहलाई निर्देशन दिइसकेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सात सय ५३ स्थानीय तहलाई पत्र लेख्दै सार्वजनिक स्थानमा धूमपान एवं सुर्तीजन्य पदार्थ निषेधलाई कार्यान्वयन गराउन निर्देशन दिएपनि धेरैले कार्यान्वयन गरेका छैनन् । अब काठमाडौं महानगरले पनि कार्यान्वयन गर्ने भएको हो ।

साथै, जंक फुड प्रयोगलाई समेत निरुत्साहित गरिने उनले बताए । महानगर क्षेत्र भित्रिने खाद्य पदार्थको गुणस्तर र स्वच्छता कायम गर्न आवश्यक प्रबन्ध मिलाइने महानगरले जनाएको छ ।

महानगरभित्रका स्वास्थ्य संस्थाको दर्ता प्रक्रियालाई सूचनाप्रविधिमा आधारित बनाइने समेत उनले बताए । बहुआयामिक शहरी गरिबी निवारणका लागि लक्षित कार्यक्रम ल्याइने समेत उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved