कार र बस ठोक्किदा १७ जना घाइते, केहीको अवस्था गम्भीर

नेपालभ्युज

कार र बस ठोक्किदा १७ जना घाइते, केहीको अवस्था गम्भीर

काठमाडौं । चितवनमा भएको सवारी दुर्घटनामा १७ जना घाइते भएका छन् । नेपालगंजबाट काठमाडौं आउदै गरेको बस र चितवन जाँदै गरेको कार ठोक्किएका थिए ।

चितवनको फिस्लिङमा भएको दुर्घटनामा कारमा सवार ५ जना र बसका १२ यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरुको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved