काठमाडौं । बागमती सरकार विरुद्ध सत्ता नेतृत्वकर्ता दल माओवादीनै विरोध प्रदर्शनमा उत्रिएको छ ।
बजेट भाषण सुरु हुन लाग्दा प्रदेशसभा अगाडि प्रदर्शन भएको हो ।
हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ विज्ञन प्रतिष्ठानमा गाभ्ने प्रदेश सरकारको निर्णयविरुद्ध ११ राजनीतिक दलले संयुक्त प्रदर्शन गरेका हुन् ।
सरकारको निर्णयविरुद्ध सत्तारुढ माओवादी केन्द्रसहित एकीकृत समाजवादी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस , राप्रपा, राप्रपा नेपाल, नेकपा, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीे विरोधमा उत्रिएका हुन् ।
सरकारले हिजो शुक्रबार अस्पताललाई प्रतिष्ठानमा गाभ्ने निर्णय गरेको थियो । प्रदर्शनका कारण आज ४ बजेको लागि तय भएको बजेट भाषण साँझ ६ बजेको लागि सारिएको छ ।
Facebook Comment
Comment