बागमती प्रदेश सरकारले गरेका चारवटा निर्णय यस्ता छन्

नेपालभ्युज

बागमती प्रदेश सरकारले गरेका चारवटा निर्णय यस्ता छन्

काठमाडौं । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले विभिन्न चारवटा निर्णय गरेको छ ।

बिहान बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गरेको छ ।

त्यस्तै बैठकले प्रदेश स्वास्थ्य नीति २०८१ स्वीकृत गरेको छ ।

मकवानपुरमा प्रदेश अस्पताल स्थापना गर्ने र आयुर्वेदन औषाधि उत्पादन संहिता र आयुर्वेद औषधिको लेबल डिजाइन स्वीकृत गर्ने निर्णय पनि भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved