काठमाडौं आउदै गरेको रात्री बस त्रिशुलीमा खस्यो

नेपालभ्युज

काठमाडौं आउदै गरेको रात्री बस त्रिशुलीमा खस्यो

काठमाडौं । चितवनको फिस्लिङमा कारसँग ठोक्किएर यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ ।

इच्छाकामना गाउँपालिकाको फिस्लिङमा विपरित दिशामा रहेको कारसँग ठोक्किएको बस नदी किनारमा खसेको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार बिहान करिब सात बजेतिर काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको कार र नेपालगञ्जबाट काठमाडौँ आउदै गरेको रात्री बस ठाक्किएका थिए । बसमा ३५ जना र कारमा ५ जना यात्रु सवार थिए ।

दुर्घटनामा १७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

पाँच जनाको अवस्था गम्भीर छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved