पक्राउ परेपछि सिरोहियाले भने – भोलि दुई वटा पासपोर्टको मुद्दामा गृहमन्त्रीविरुद्ध वारेन्ट जारी हुनेछ

नेपालभ्युज

पक्राउ परेपछि सिरोहियाले भने – भोलि दुई वटा पासपोर्टको मुद्दामा गृहमन्त्रीविरुद्ध वारेन्ट जारी हुनेछ

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले गृहमन्त्री रवि लामिछानेविरुद्ध वारेन्ट जारी हुने बताएका छन् ।

दोहोरो नागरिकता प्रकरणमा प्रहरीले पक्राउ गरेपछि सिरोहियाले यस्तो बताएका हुन् ।

‘कसैले उजुरी दिएको आधारमा विना सोधपुछ पक्राउ गरिन्छ भने गृहमन्त्रीमाथि दुई वटा पासपोर्टको मुद्दा छ, मलाई आश छ भोलि उहाँको नाममा वारेन्ट जारी हुनेछ ’ सिरोहियाले भने ।

उनले प्रतिशोध साँधेर आफूलाई पक्राउ गरिएको बताए ।

दोहोरो नागरिकता लिएको आरोपमा जिल्ला अदालत धनुषाले जारी गरेको पक्राउ पुर्जीको आधारमा सिरोहियालाई पक्राउ गरिएको हो ।

विस‌ं २०८१ वैशाख १६ गते प्रहरीमा परेको जाहेरीमा अनुसार सिरोहिया गैरनेपाली नागरिक रहेको दाबी गरिएको छ ।

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया प्रहरीको नियन्त्रणमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved