टिपरको ठक्करबाट ग्वार्कोमा मोटरसाइकलमा सवार युवकको मृत्यु

नेपालभ्युज

टिपरको ठक्करबाट ग्वार्कोमा मोटरसाइकलमा सवार युवकको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं । ललितपुरको ग्वार्कोमा टिपरको ठक्करबाट एक युवाको मृत्यु भएको छ ।

दुर्घटनामा सिरहा घर भई कोटेश्वर बस्दै आएका ३२ वर्षीय जयनाथ यादवको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै यादवलाई नजिकैको बीएन्डबी अस्पताल लगिएको थियो । अस्पताल लैजानुअघि नै उनको मृत्यु भइसकेको चिकित्सकले बताए ।

बुधबार राति ग्वार्कोमा यादव सवार मोटरसाइकललाई टिपरले ठक्कर दिएको सीसीटीभी फुटेजमा देखिएको छ । ठक्कर दिएर भागेको टिपरको खोजी भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved