स्कुल छेउमा अलकत्रा पकाउँदा धुँवाले आकाश नै धुम्म, विद्यार्थी बिरामी पर्न थालेपछि महानगरको एक्सन (भिडिओ)

नेपालभ्युज

स्कुल छेउमा अलकत्रा पकाउँदा धुँवाले आकाश नै धुम्म, विद्यार्थी बिरामी पर्न थालेपछि महानगरको एक्सन (भिडिओ)

काठमाडौं । ठेकेदारले लापरबाही गर्दै अनामनगर धोबीखोला करिडोर देवीनगरमा सडक पीच गर्न स्कुल छेउमा अलकत्रा पकाउँदा विद्यार्थी बिरामी परेका छन् ।

२ सातायता रुद्रमती आधारभूत विद्यालय छेउमा अलकत्रा पकाएपछि विद्यालयका  विद्यार्थीमा खोकी लाग्ने, टाउको दुख्ने, टन्सील हुने, वाकवाकी लाग्ने समस्या भएको हो । कतिपय विद्यार्थी कक्षामै ढलेका छन् ।

विद्यार्थी भन्छन्, ‘‘हुस्सु लागेजस्तो आकाश नै धुम्म हुन्छ । धुवाँका कारण हामीलाई सास फेर्न गाह्रो छ । ’’

धेरै विद्यार्थी बिरामी भएपछि बल्ल बल्ल काठमाडौं महानगरले अलकत्रा पकाउन रोक लगाएको छ । लगातारको दबाबपछि बिहीबार दिउँसो महानगर प्रहरीले अलकत्रा पकाइरहेको ठाउँमा गएर आगो निभाएको छ । महानगर प्रहरी आएपछि ठेकेदारलगायत मजदुर भागेका छन् ।

फेसबुकमा हेर्नुहोस् –

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved