धावनमार्गमा खाल्डो परेपछि त्रिभुवन विमानस्थलमा उडान/अवतरण बन्द, जहाजहरू आकाशमै होल्ड

नेपालभ्युज

धावनमार्गमा खाल्डो परेपछि त्रिभुवन विमानस्थलमा उडान/अवतरण बन्द, जहाजहरू आकाशमै होल्ड
फाइल तस्वीर

काठमाडौं । धावनमार्गमा खाल्डो परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उडान तथा अवतरण बन्द गरिएको छ ।

धानवमार्ग-२ मा सानो खाल्डो परेपछि करिब १ घण्टाका लागि उडान तथा अवतरण बन्द गरिएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

मर्मत कार्य जारी रहेको र सुक्नलाई केहि समय लाग्नेछ । त्यति बेलासम्मका लागि उडान तथा अवतरण बन्द गरिएको झाले बताए ।

अहिले जहाजहरू आकाशमै होल्ड भइरहेका छन् । मलेसियन एयरलाइन्स, थाई एयरलाइन्सका जहाजहरू आकाशमै फन्को मारिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved