बालेनले सरकारलाई भने – आफैँ काम गर्नु, कि हामीलाई गर्न दिनु

नेपालभ्युज

बालेनले सरकारलाई भने – आफैँ काम गर्नु, कि हामीलाई गर्न दिनु

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह(बालेन)ले फोहोर व्यवस्थापनमा संघीय सरकारले बेवास्ता गरेको बताएका छन् ।

‘प्लाष्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेबल जैविक वस्तुमा प्याकिङ् गर्ने व्यवस्था मिलाउने’ संघीय सरकारको निर्णय स्मरण गराउँदै शाहले गुनासो गरेका हुन् ।

उनले सरकारले आफैँ काम गर्नु, कि हामीलाई गर्न दिनु पनि भनेका छन् ।

सार्वजनिक स्थानमा चुरोट, बिडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा वा यस्तै प्रकारका सुर्तीजन्य पदार्थ बिक्री गर्न र प्रयोग गर्न निषेध गरे पनि सरकारको असहयोगका कारण कार्यान्वयन हुन नसकेको शाहले बताए ।

उनले यस विषयमा सरकारबाट जवाफसहित उचित वातावरण निर्माणको अपेक्षा गरेको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved