राजस्थानलाई हराउँदै हैदरावाद आइपीएलको फाइनलमा

नेपालभ्युज

राजस्थानलाई हराउँदै हैदरावाद आइपीएलको फाइनलमा

काठमाडौं । सनराईजर्स हैदरावाद इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएलको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति क्वालिफायर २ मा राजस्थान रोयल्सलाई ३६ रनले हराउँदै हैदरावादले उपाधि भिडन्त पक्का गरेको हो ।

हैदरावादले उपाधिका लागि आइतबार कोलकाता नाईट राइडर्ससँग प्रतिस्पर्धा गर्नेछ ।

चेन्नईमा १७६ रनको लक्ष्य पछ्याएको राजस्थानलाई १३९ रनमा रोक्दै हैदरावादले सहज जित हासिल गरेको थियो ।

राजस्थानका लागि ध्रुव जिरेलले अविजित ५६ र यसस्वी जैसवालले ४२ रन बनाए । हैदरावादका सहवाज अहमदले ३ तथा अभिषेक शर्माले २ विकेट लिए ।

पहिले ब्याटिङ गरेको हैदरावादले पुरै ओभर खेलेर ९ विकेट गुमाउँदै १७५ रन बनाएको थियो ।

उसका लागि हेनरिक क्लासेनले सर्वाधिक ५० रन बनाए । राजस्थानका ट्रेन्ट बोल्ट र अवेश खानले ३-३ विकेट लिए ।

यसअघि हैदरावादलाई हराउँदै कोलकाता फाइनलमा पुगेको थियो । हैदरावादले क्वालिफायर २ खेल्ने मौका सदुपयोग गर्दै फाइनलमा पुगेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved