के समस्या नहुँदै रगत जाँच गर्नु सही हो ?

नेपालभ्युज

के समस्या नहुँदै रगत जाँच गर्नु सही हो ?

एजेन्सी । अहिलेको खराब जीवनशैली तथा खानपानको कारणले मानिसमा धेरै प्रकारका रोग बढ्दै गइरहेका छन् । हरेक व्यक्तिलाई कुनै न कुनै स्वास्थ्य समस्या भइरहेको हुन्छ ।

कतिपय रोग वंशाणुगत रुपमा आउने खालका पनि हुन्छन् । जो बुवाआमा, हजुरबुवाआमा आदिलाई भइरहेको छ भने तपाईंलाई पनि हुन सक्छ । यस्तोमा विशेषज्ञसँग जानौं के बिना रोग हामीले रगत जाँच गर्नु पर्छ कि पर्दैन ?

डाक्टर तथा विशेषज्ञको भनाईअनुसार कुनै समस्या नभए पनि हामीले रगत जाँच गराउनु पर्दछ । कयौं त्यस्ता रोग हुन्छन् जो सुरुवाती चरणमा थाहा हुँदैन । यस्तोमा समय समयमा रगत जाँच गरिरहनु पर्दछ ।

कतिपय परिवारका सदस्यमा मधुमेह, कोलेस्ट्रोल, रक्तचाप तथा हृदयसँग सम्बन्धित रोग हुन्छन् । यस्तोमा ४० देखि ४५ वर्षको उमेरमा पुगेपछि त्यस्ता परिवारका सदस्यले पनि नियमित रुपमा रगत जाँच गराउनुपर्ने हुन्छ । जसले गर्दा तपाईंको मधुमेह, कोलेस्ट्रोल तथा मुटुसम्बन्धी अन्य समस्या बारे बेलैमा थाहा हुनेछ ।

नियमित रुपले रगत जाँच गर्नाले रगतमा चिनी तथा कोलेस्ट्रोलको समस्या थाहा पाउन सकिन्छ । यी दुवै समस्याको सुरुआती लक्षण देखिँदैनन् ।

नियमित रुपमा रगतको जाँच गरेमा शरीरमा भएका कुनै पनि पोषक तत्वको कमी पनि पत्ता लगाउन सकिन्छ । जसले गर्दा समयमै अन्य समस्या बढ्नबाट जोगिन सकिन्छ ।

नियमित रुपमा रगत जाँच गर्ने व्यक्तिको शरीरमा भइरहेको हर्मोनल असन्तुलन तथा शरीरका अन्य अंगका समस्या पनि थाहा पाउन सकिन्छ । शरीरमा कुनै पनि समस्या देखिएमा डाक्टरसँग अन्य जाँच गराउन सकिन्छ ।

शरीरमा कमजोरी, थकान, सुख्खा छाला, कपाल झर्ने, छाला कालो हुने जस्ता लक्षण देखिएमा नियमित रुपमा रगत जाँच अवश्य गर्नुहोस् । जसले शरीरमा भएको पोषक तत्वको कमी वा अन्य कुनै गम्भीर रोगको सुरुवाती लक्षण पनि थाहा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved