३० वर्षको उमेरपछि कोलेजन किन लिनुपर्छ ?

नेपालभ्युज

३० वर्षको उमेरपछि कोलेजन किन लिनुपर्छ ?

एजेन्सी । ३० को उमेरपछि शरीरमा कोलेजनको कमी हुन थाल्छ । जसले छाला र स्वास्थ्य सम्बन्धी समस्या हुन थाल्छन् ।

कोलेजनको कमीका कारण मानिस उमेरभन्दा पहिले बुढो देखिन्छ । यो एक प्रकारको प्रोटिन हो । आउनुहोस् जानौं ३० वर्षको उमेरपछि कोलेजन किन लिनुपर्दछ ?

विशेषज्ञका अनुसार उमेर बढ्नुका साथै शरीरमा हुने विभिन्न तत्वको कमी कोलेजनले पूरा गर्छ र शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ । यो छाला र हड्डीका लागि फाइदाजनक हुन्छ ।

कोलेजन हड्डीलाई स्वस्थ राख्नमा सहयोगी छ । यसले हड्डीको निर्माणमा सहयोग गर्छ । र, उमेरसँगै हड्डीमा हुने नोक्सानलाई पनि ढिलो गराइदिन्छ ।

कोलेजन कपाल र नङलाई बलियो बनाउन सहयोगी हुन्छ जसले कपाल झर्ने र नङ टुक्रिने समस्या हुँदैन ।

कोलेजन पाचन तथा पेटको स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । पाचनतन्त्रको झिल्लीलाई सुधार गरेर पेटको स्वास्थ्यलाई राम्रो बनाउँछ । साथमा अन्य प्रोटिनको स्रोतको तुलनामा यो पचाउन पनि सजिलो हुन्छ ।

कालेजनमा एन्टीइन्फ्लामेटरी गुण हुन्छन् । जसले जोर्नीको दुखाईलाई कम गर्छ र मांसपेशीलाई राम्रो बनाएर राख्छ । साथमा यसले बाथ तथा यूरिकएसिडको दुखाईलाई कम गर्न पनि सहयोग गर्छ ।

कोलेजनको सेवनले मुटु पनि स्वस्थ हुन्छ । यसले कोलेस्ट्रोल कम गरेर मुटुसम्बन्धी समस्यालाई कम गर्छ ।

कोलेजन छालाका लागि अझै जरुरी छ । ३० वर्षको उमेरपछि मानिसहरुमा चाउरीपना र बुढ्यौलीका निसान आउन थाल्छन् । यस्तोमा कोलेजनले चाउरीपना कम गर्छ र छालाको इलास्टिसिटीलाई बढाउँछ ।

यसले छालामा हुने मौइस्चरलाई बन्द गरेर बुस्ट गर्न सहयोग गर्छ । जसका कारण छाला स्वस्थ रहन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved