मृत्युको केहीबेरसम्म पनि मानिसका यी अंगले गर्छन् काम

नेपालभ्युज

मृत्युको केहीबेरसम्म पनि मानिसका यी अंगले गर्छन् काम
प्रतीकात्मक तस्वीर ।

एजेन्सी । कुनै पनि व्यक्तिको मृत्यु पछि लासलाई कि त जलाइन्छ वा गाडिन्छ । त्यस्तै केही व्यक्तिले अंग दान पनि गर्छन् ।

तर, के तपाईंलाई थाहा छ ? मरेपछि शरीरका केही अंगले लामो समयसम्म काम गर्छन् । थाहा छैन भने यसबारेमा जानौं ।

मृत्युपछि कतिपय व्यक्तिले अंग दान गर्छन् । मरेको करीब ६ घण्टाभित्र आँखा  निकाल्न जरुरी हुन्छ । आँखा ६ देखि ८ घण्टासम्म जिउँदै हुन्छन् ।

कुनै पनि व्यक्तिको मृत्यु पछि छाला २४ घण्टा भन्दा पनि धेरै समयसम्म जिउँदै रहन्छ । शरीरका केही कोशिकाले छालालाई जिउँदै राख्न सहयोग गर्छन् ।

अंग दानका लागि डाक्टरले मृत्युको आधा घण्टाभित्र शरीरबाट मिर्गौला, कलेजो र मुटु बाहिर निकाल्ने कोसिस गर्छन् । यी सबै अंग करीब ६ घण्टासम्म काम गर्न सक्छन् ।

त्यस्तै व्यक्तिको मृत्युपछि पनि शरीरको कपाल र नङ लामो समयसम्म जिउँदै रहन्छन् । यी दुवै आफैँ विस्तारै बढ्ने गर्छन् ।

जब शरीरमा मुटुको धड्कन बन्द हुन्छ, त्यसपछि यसको केही मिनेटसम्म पनि दिमाग सक्रिय बनिरहन्छ । मांसपेशीले पनि केहीबेर काम गरिरहन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved