प्रशोधित पिउने पानीको गुणस्तर कायम गर्न काठमाडौं महानगरपालिकाको अनुरोध

नेपालभ्युज

प्रशोधित पिउने पानीको गुणस्तर कायम गर्न काठमाडौं महानगरपालिकाको अनुरोध

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र प्रशोधित पिउने पानीको गुणस्तर कायम गर्ने सन्दर्भमा पानी प्रशोधन गर्ने उद्योग, व्यवसाय, सप्लायर्स र बिक्रेताहरूमा अनुरोध गरेको छ ।

उसले विभिन्न पसलहरूमा पिउने प्रयोजन र बिक्रीका लागि राखिएका जार तथा बोतलहरू कुचिएका, टुटेफुटेका, लेउ लागेका, मूल्य र उत्पादन मिति उल्लेख नभएका साथै राम्रोसँग सिल समेत नगरिएको भन्ने जनगुनासोप्रति गम्भीर भएको पनि जनाएको छ ।

‘यसरी आम नागरिक (उपभोक्ता)हरूको स्वास्थ्यमा खेलबाड हुनसक्ने क्रियाकलापको नियन्त्रणका लागि प्रशोधित पानीको उद्योग तथा व्यवसायीहरू एवं काठमाडौं महानगरपालिकाको सहकार्य हुन आवश्यक देखिन्छ’, सूचना देखिन्छ ।

महानगरपालिकाले ‘प्रशोधित पिउने पानी उत्पादन सम्बन्धी निर्देशिका २०७४’ मा तोकिएको मापदण्ड पूरा गरेर मात्र पानी ढुवानी तथा बिक्री वितरणको प्रबन्ध मिलाउन अनुरोध पन गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved