कीर्तिमानी गोलमेसिन बन्ने यात्रामा एर्लिङ हाल्यान्ड

प्रिमियर लिगको ९ खेलमा नै हाल्यान्डले १५ गोल गर्न सफल भए । शनिबार भएको साउथ ह्याम्प्टनविरुद्धको खेलमा गोल गर्दै हाल्यान्डले सिटीको लागि आफ्नो २० औँ गोल पूरा गरे । यससँगै हाल्यान्ड सबैभन्दा छिटो १५ गोल पुरा गर्ने खेलाडी बनेका छन् ।

कीर्तिमानी गोलमेसिन बन्ने यात्रामा एर्लिङ हाल्यान्ड

यतिबेला म्यानचेष्टर सिटीका एर्लिङ हाल्यान्ड इतिहास रच्ने योजनामा रहेका छन् । सन् २०२२ को सिजनमा गोलको बर्सात गर्दै हाल्यान्डले सबैको ध्यान आकर्षित गरिसकेका छन् ।

प्रिमियर लिगको खेलमा नै हाल्यान्डले गोल गर्न सफल भए । शनिबार भएको साउथ ह्याम्प्टनविरुद्धको खेलमा गोल गर्दै हाल्यान्डले सिटीको लागि आफ्नो २० औँ गोल पूरा गरे । यससँगै हाल्यान्ड सबैभन्दा छिटो १५ गोल पुरा गर्ने खेलाडी बनेका छन् ।

सिटीका लागि लगातार ७ खेलमा गोल गर्ने हाल्यान्ड दोस्रो खेलाडी बने । सन् २०१९ मा प्रमियर लिगअन्तर्गत सिटीका लागि सर्जियो अगुएरोले लगातार ७ खेलमा गोल गरेका थिए ।

२० गोलको कोसेढुङ्गा कुनै पनि खेलाडीको लागि सफल सिजन नै मानिन्छ । तर, हाल्यान्डले सो आँकडा केवल १३ खेलमा पूरा गरे । यसले उनले द्रूत गतिमा थप कीर्तिमान तोड्ने आकलन गर्न सकिन्छ । 

यसअघि नै ७ खेलमा ११ गोल गर्दै हाल्यान्डले सन् १९९२ डिसेम्बरमा मिक क्विनले बनाएको १० गोलको कीर्तिमान तोडिसकेका छन् ।

उनले सन् १९९३–९४ मा एन्डी कोलले र १९९४–९५ मा एलन शियररले बनाएको ३४ गोलको कीर्तिमान तोड्ने सम्भावना पनि बढिरहेको छ । उनलाई सो कीर्तिमान तोड्न आगामी २९ खेलमा मात्र २० गोल गर्न आवश्यक छ ।  

हाल्यान्डले पहिलो ५ खेलमा ९ गोल गर्दै अगस्ट महिनाको सर्वाधिक गोल कर्ता पनि बने । प्रिमियर लिगको पहिलो ४ ‘होम अवे’ खेलमा हाल्यान्ड गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् ।

यसै वर्षको च्याम्पियन्स लिगअन्तर्गत सेभियाविरुद्ध सिटीको लागि डेब्यु गरेका हाल्यान्डले केही कीर्तिमान पनि तोडे । सिटीले सेभियालाई ४–० को फराकिलो गोल अन्तरले पराजित गरेको थियो । सो खेलमा २ गोल गरेका हाल्यान्ड च्याम्पियन्स लिगमा डेब्यु खेलमा पटक-पटक १ भन्दा बढी गोल गर्ने पहिलो खेलाडी बने ।

 

यसअघि, साल्जबर्गको लागि डेब्यु गर्दा जेन्कविरुद्ध हाल्यान्डले पहिलो हाफमा नै  ह्याट्रिक गरे । साथै बोरुसिया डर्टमन्डको लागि पहिलो खेलमा पीएसजीविरुद्ध उनले २ गोल गरेका थिए ।

यसले हाल्यान्डको नाममा अर्को कीर्तिमान थप्यो । च्याम्पियन्स लिगमा मात्र २० खेलमा २५ गोल गर्ने हाल्यान्ड पहिलो खेलाडी बने । उनले २० खेलमा १६ गोल गरेका रुड भान निस्टेलरोय र रोबर्टो सोल्डाडोको कीर्तिमान तोडे ।

साथै, हाल्यान्ड केलियन एम्बाप्पेपश्चात् लिगमा २५ गोल पूरा गर्ने नयाँ कान्छो खेलाडी पनि बने । यसअघि, लिओनल मेस्सीको कीर्तिमान एम्बाम्पेले तोडेका थिए ।

 

यसै वर्ष डर्टमन्डविरुद्धको खेलमा गोल गर्दै २१ खेलमा उनले २६ गोलको  आँकडा पुरा गरे । यस्तै सिटीको लागि डेब्यु गर्ने खेलाडीमा दुवै प्रिमियर लिग र च्याम्पियन्स लिगमा गोल गर्ने हाल्यान्ड पहिलो खेलाडी बने ।

हाल्यान्डको विगतका गोलहरू 

हाल्यान्डको डर्टमन्डसँगको यात्रा पनि निकै सफल भयो । डर्टमन्डको लागि बुन्डेसलिगा, जर्मन कप, र च्याम्पियन्स लिगमा डेब्यु गर्दा गोल गर्ने हाल्यान्ड पहिलो खेलाडी बने ।

बुन्डेसलिगाअन्तर्गत अग्सबर्गविरुद्धको खेलमा ५६ औँ मिनेटमा मैदान प्रवेश गर्दै डेब्यू गरेका हाल्यान्डले ह्याट्रीक गरे । हाल्यान्डको नाममा बुन्डेसलिगामा सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि छ । हाल्यान्डले बुन्डेसलिगाको पहिलो २ खेलमा ५, ३ मा ७, ५ मा ८ र ६ मा ९ गोल गरेका थिए ।

 

उनले ५० बुन्डेसलिगा खेलमा आफ्नो ५० औँ गोल पूरा गरे । यससँगै ५० गोल पूरा गर्ने हाल्यान्ड सबैभन्दा कम उमेरका खेलाडी पनि बने । उनले २१ वर्षको उमेरमा सो आँकडा पूरा गरेका थिए ।

साथै, बुन्डेसलिगामा हेर्था बर्लिनविरुद्धको खेलमा ४ पटक गोल गर्ने हाल्यान्ड सबैभन्दा कान्छो खेलाडी बने । उनको सो खेलमा उमेर २० वर्ष १२३ दिन थियो । 

 

 

हाल्यान्डले साल्जबर्गको लागि २७ खेलमा ५ ह्याट्रिकसहित २८ गोल गरे । मोल्डेका लागि उनले ५० खेलमा २० गोल गरे । १६ वर्षको उमेरमा ब्रायन क्लबसँग जोडिएका हाल्यान्डले भने १६ खेलमा कुनै गोल गर्न सकेका थिएनन् ।

 

यस्तै, उनले नर्वेको राष्ट्रिय टोलीको लागि पनि २३ खेलमा २१ गोल गरेका थिए । उनले सन् २०१९ मा आयोजना भएको फिफा यू–२० विश्व कपमा होन्डुरसविरुद्धको खेलमा ९ गोल गरेका थिए । 

हाल्यान्डले तोड्न सक्ने कीर्तिमान 

उनले सन् १९९३–९४ मा एन्डी कोलले र १९९४–९५ मा एलन शियररले बनाएको ३४ गोलको कीर्तिमान तोड्ने सम्भावना पनि बढिरहेको छ । एन्डी र एलनले ३४ गोलको सो कीर्तिमान ४२ खेलमा पूरा गरेका थिए । तर, हाल्यान्डले आगामी २९ खेलमा २० गोल गरेमा सो कीर्तिमान तोड्नेछन् । 

सन् २०१७–१८ मा प्रिमियर लिग सिजनको ३८ खेलमा मोहम्मद सलाहले ३२ गोल गरेका थिए । हाल्यान्डले यो कीर्तिमान पनि तोड्न सक्ने सम्भावना छ ।

पहिलो २० प्रिमियर लिगको खेलमा केभिन फिलिप्सको १९ तथा ३० खेलमा कोलको २८ गोलको कीर्तिमान पनि हाल्यान्डले आफ्नो नाममा गर्न सक्छन् । लिगमा लगातार ११ खेलमा जेमी भार्डीले गोल गरेका थिए । हाल्यान्डले भने लगातार ५ खेलमा  गोल गरेका छन् ।

सन् १९९५–९६ मा शियररलेह्याट्रीक गरेका थिए । यस सिजन हाल्यान्डलेह्याट्रिक गरिसकेका छन् । यद्यपि, उत्कृष्ट युरोपियन लिगको कीर्तिमान तोड्न भने हाल्यान्डको लागि चुनौती बन्न सक्ने देखिन्छ । सन् २०११–१२ को ला लिगामा मेस्सीले ५० गोल गर्न सफल भएका थिए । 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved